कैलाली। प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या तस्करहरूले गरेको खुलेको छ।
अवैध मालसामान ओसारपसारमा अवरोध भएपछि तस्करहरूले घरेलु हतियार फरूवा प्रहार गरी गाेविन्दकाे हत्या गरेको अनुसन्धानबाट खुलेकाे प्रहरी स्राेतले बताएकाे छ।
धनगढी उपमहानगरपालिका-१२, जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार राति गस्तीमा गएको बेला वडा नम्बर १० जुगेडाबाट बेपत्ता भएका थिए ।
असई विकको शव मोहना नदीको बीच भागमा फेला परे पनि उनीसँगै रहेका प्रहरी जवान साउँदको अवस्था भने अज्ञात छ।
भारतीय गाउँ सलियापार र वनकट्टीसँगै जोडिएको मोहना नदीको घाट भएर तस्करी गर्नेहरूबाट असई विकको निर्मम तरिकाले हत्या भएको प्रहरी स्रोतले बताएकाे छ।
तर, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले प्रहरी हत्यारा नजिकै पुगिसकेको भए पनि थप अनुसन्धान बाँकी रहेकोले अहिले केही भन्न नमिल्ने बताए।
यसैबीच प्रहरीले गयराति थप तीनजनालाई पक्राउ गरेको छ।
योसँगै पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
स्रोतका अनुसार पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरिसकेका छन् ।
घटनामा संलग्न भएका ६ जना र अन्य १० जनालाई छुट्टाछुट्टै राखेर प्रहरीले बयान लिइरहेको छ।
" /> कैलाली। प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या तस्करहरूले गरेको खुलेको छ।अवैध मालसामान ओसारपसारमा अवरोध भएपछि तस्करहरूले घरेलु हतियार फरूवा प्रहार गरी गाेविन्दकाे हत्या गरेको अनुसन्धानबाट खुलेकाे प्रहरी स्राेतले बताएकाे छ।

">