सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका-६, जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।
थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो सङ्ग्रहालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले सोमबार उद्घाटन गरे।
एक कठ्ठा क्षेत्रफलमा ६८ लाख ७५ हजार रूपैयाँको लागतमा दुई तलाको सङ्ग्रहालय भवन निर्माण भएको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिले जनाएको छ।
समितिका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ५५ लाख रूपैयाँको विशेष आर्थिक सहयोग तथा जनश्रमदानबाट १३ लाख ७५ हजार गरी कुल ६८ लाख ७५ हजार रूपैयाँमा सो भवन निर्माण भएको हो। रासस
" /> सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका-६, जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो सङ्ग्रहालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले सोमबार उद्घाटन गरे।

">