तनहुँ। कोभिड-१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ।
चाडपर्वमा सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञामा जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड र जमघट गर्न निषेध गरिएको छ। प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेका छौ सोही ठाउँमा रही सदस्यबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ।
पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर र तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्न नगराउन स्थानीय प्रशासनले सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
उनका अनुसार देउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, चियापान तथा शुभकामना कार्यक्रम गर्न पनि बन्देज गरिएको छ। कोभिड-१९ को जोखिम कम गर्दै चाडपर्व मनाउनुका साथै आफ्ना दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्ने भएकाले सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरिएको छ। रासस
" /> तनहुँ। कोभिड-१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ।चाडपर्वमा सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको हो।

">