तनहुँ। तनहुँको व्यास नगरपालिका-३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उनले सो रकमको अक्षयकोष स्थापना गरेका हुन्।
आफ्नो ८४ औं जन्मदिनको अवसरमा गत वर्ष दुई लाखको अक्षयकोष स्थापना गरेका श्रेष्ठले उक्त कोषमा तीन लाख थप गरेका हुन्।
उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ र बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरे।।
सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको र कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिए।
यस्तै सोही विद्यालयका शिक्षक झलकराज पौडेलले विद्यालयमा एक लाख पाँच हजार रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्। शिक्षकबाट अवकाश भएसँगै पौडेलले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।
पौडेल ६० वर्ष उमेर पुगी सेवा निवृत भएका छन्।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताए। रासस
" /> तनहुँ। तनहुँको व्यास नगरपालिका-३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्।विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उनले सो रकमको अक्षयकोष स्थापना गरेका हुन्।

">