काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाचोकमा रहेको शारदा एण्ड सरोज किराना पसलबाट धनमाल चोरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
आइतबार साँझ ३० वर्षीय मधु थापा र ३८ वर्षीय सूर्यबहादुर घर्ती पक्राउ परेका हुन्। पक्राउ परेकामध्येका थापा तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर-२ र घर्ती कास्कीकै माछापुच्छ्रे गाउँपालिका-४ लाचोकका हुन्।
उनीहरूलाई पसलबाट गत असोज २४ गते रिचार्ज कार्ड, नगद एक लाख ३० हजार रूपैयाँ, औंठी लगायतका सामान चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले न्यूरोडस्थित मधुको कोठामा उक्त चोरी भएका सामान फेला पारी उनीहरू दुवै जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट साथबाट नगद ७७ हजार २९० रूपैयाँ प्रहरीले बरामद गरेको छ।
" /> काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाचोकमा रहेको शारदा एण्ड सरोज किराना पसलबाट धनमाल चोरेको आरोपमा दुई जना पक्राउ परेका छन्।आइतबार साँझ ३० वर्षीय मधु थापा र ३८ वर्षीय सूर्यबहादुर घर्ती पक्राउ परेका हुन्। पक्राउ परेकामध्येका थापा तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर-२ र घर्ती कास्कीकै माछापुच्छ्रे गाउँपालिका-४ लाचोकका हुन्।

">