काठमाडौँ। जागरुक युवा समाजले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज काठमाडौँको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
ब्लड डोनर्स एसोसिएन नेपाल (ब्लोदान) को आह्वानमा समाजले काठमाडौं महानगरपालिका–२४ वडा कार्यालयसँगको संयुक्त आयोजनामा पाँचौ रक्तदानको आयोजना गरेको हो। कोभिड–१९ महामारीका कारण रगतको अभाव देखिन थालेकोले समाजले साप्ताहिक रूपमा रक्तदान गर्ने क्रममा आज वसन्तपुरस्थित महादेव पार्वती डबलीमा कार्यक्रम गरेको हो।
समाजका सह सचिव राजीव श्रेष्ठको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जम्मा २० जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा केन्द्रिय रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकार, ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जन, २४ वडाका वडासदस्य साथै ब्लोदानका केन्द्रीय सदस्य र समाजका सल्लाहकार विनोद तुलाधर लगायतको उपस्थिति रहेको थियो।