काठमाडौं। आफ्नै काका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले लमजुङ प्रहरीसँगको समन्वयमा ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका-२ सोतीपसलबाट आइतबार पक्राउ गरेको हो। उनलाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
पोखरा महानगरपालिका-२० मजुवा बिसौना विजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंकबहादुर गत वैशाख २१ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए।
त्यसको अघिल्लो दिन बेलुका (वैशाख २० गते) टंक र ईन्द्रसमेतका व्यक्तिहरूले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको विषयमा टंक र ईन्द्रबीच चर्काचर्की भइ झगडा भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ईन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
" /> काठमाडौं। आफ्नै काका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङ पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले लमजुङ प्रहरीसँगको समन्वयमा ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका-२ सोतीपसलबाट आइतबार पक्राउ गरेको हो। उनलाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ।

">