एजेन्सी। आगामी ३ देखि ६ महिनामा एकभन्दा बढी कोभिड–१९ विरुद्धको खोप आउने संयुक्त अधिराज्यको सरकारी विज्ञान सल्लाहकारले बताएका छन्।
सेज कमिटीका वैज्ञानिक सर जेरेमी फार्ररका अनुसार आगामी वर्ष (सन् २०२१)को सुरुवाती केही महिनामा नै कोभिड–१९ विरुद्ध खोप तयार हुनेछ र त्यो पनि एकभन्दा बढी खोप तयार हुनेछ।
संयुक्त अधिराज्यले बनाउँदै गरेको कोरोनाविरुद्धको खोप क्रिसमसभन्दा अगाडि तयार हुन नसक्ने भएका कारण यसपटक क्रिसमसको छुट्टीहरू “कठिन” र “सबैका लागि सामान्य अवस्थाजस्तो नहुने” उनले बताएका छन्। तर यस वर्षको अन्त्यमा नै खोपको बारे प्रशस्त तथ्याङ्कले भावी मार्ग तय गर्ने उनको तर्क छ।
आगामी नयाँ वर्षसँगै खोपको परीक्षण पनि हुनेमा उनी आशावादी छन्। अक्सफर्ड विश्वविद्यालयले आस्ट्रा जेनेका कम्पनीसँग मिलेर बनाएको खोप चाँडै नै तयार हुने बताइएको छ। यसका लागि हजारौँको सङ्ख्यामा स्वास्थ्यकर्मीहरूलाई तालिम दिइने पनि त्यहाँका स्वास्थ्य अधिकारीहरू बताउँछन्।
सोमबार दिउँसोको एक ब्रिफिङमा त्यहाँका स्वास्थ्य प्रमुख प्रा. जोनथन भान–तामले चाँडै नै खोप तयार हुने जानकारी दिए। उनले भनेका छन्, “क्रिसमसपछि नै खोप तयार हुन्छ भन्नु कुनै असम्भव कुरा अब होइन।” यो कोभिड–१९ विरुद्ध लड्न महत्त्वपूर्ण हुने बताइएको छ।
उनले नोभेम्बरको अन्त्यसम्ममा अक्सफर्ड र आस्ट्रा जेनेकाको खोपको तेस्रो चरणको परीक्षण पूरा हुन बताएका छन्।
अर्को औषधी निर्माता कम्पनी फाइजरले पनि परीक्षणका लागि बेल्जियममा लाखौँ खोप बनाउन सुरु गरिसकेको बताएको छ।
यस कम्पनीले वर्षको अन्त्यसम्ममा १० करोड खोप तयार गर्ने र त्यसमध्ये ४ करोड संयुक्त अधिराज्यकै लागि प्रदान गर्ने बताएको छ। सन् २०२१ सम्ममा कम्पनीले १.३ अर्ब खोप बनाउने लक्ष्य राखेको छ।
संयुक्त अधिराज्यका लागि विभिन्न स्रोतबाट थुप्रै खोपको उपलब्धता हुने बताइएको छ।
न्युजस्काइका लागि एन्डी हायेसको रिपोर्टको नेपाली भाषामा अनुवाद