लागोस। प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ।
नाइजेरियामा आन्दोलन शान्तिपूर्ण भएको तर प्रहरीले लुट तथा चोरीविरुद्धको कारबाही नाम दिएको प्रहरी दमनको विरोधमा नाइजेरियाली जनता सडकमा उत्रिएको उक्त संगठनले जनाएको छ।
पश्चिम अफ्रिकी पावरहाउस नाइजेरियामा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रहरी दमन बढ्दो अवस्थामा रहेको उल्लेख छ।
आर्थिक केन्द्र लागोस, राजधानी अबुजा तथा अन्य शहरमा शान्तिपूर्ण विरोधका कार्यक्रम घोषणा गरी आन्दोलन सुरू भए पनि प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेपछि पछिल्ला दिनहरूमा आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ। रासस
" /> लागोस। प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ।नाइजेरियामा आन्दोलन शान्तिपूर्ण भएको तर प्रहरीले लुट तथा चोरीविरुद्धको कारबाही नाम दिएको प्रहरी दमनको विरोधमा नाइजेरियाली जनता सडकमा उत्रिएको उक्त संगठनले जनाएको छ।

">