मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक छ : प्रधानमन्त्री मोदी
मैसुरू। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन्।
उनले सबै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक वृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरे।
"पछिल्लो ६-७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्डयन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ," उनले भने।
प्रधानमन्त्री मोदीले यी सबै क्षेत्रले देशको आर्थिक वृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए।
मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडिओमार्फत् सम्बाेधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सबै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे।
"यस दशकमा हामीले देशको सबै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ," उनले भने।
अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिए।
देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सीप, पुनर्सीप र सीपको वृद्धिमा जोड दिनुपर्ने बताए। रासस
प्रतिक्रिया दिनुहोस्