काठमाडौं। लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे।
आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू बन्द गर्नु परेको तथा कर्मचारीहरू आइसोलेसनमा रहेको कारण जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापनमा समस्था उत्पन्न हुने जनाउँदै कात्तिक १६ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको आयाेगले जनाएको छ।
यसैगरी राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका रिक्त पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनमा दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रियासमेत अनिश्चितकालका लागि स्थगित गरिको छ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि अर्को आदेश वा सूचना नभएसम्मका लागि दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो।
‘‘आयोगबाट मिति २०७७/०६/२८ मा प्रकाशित विज्ञापनहरूमध्ये नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका रिक्त पद पूर्तिका लागि प्रकाशित बढुवा सूचना नं. २/०७७/३९/०७७-७८ तथा सोसँग सम्बद्ध वि.नं. १६६५४/०७७-७८ (आ.प्र.), १६६५९/०७७-७८ (खुला), १६६६०/०७७-७८ (आ.ज.) र १६६६१/०७७-७८ (दलित) का विज्ञापनहरूमा दरखास्त संकलनको काम भइरहेकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७/०६/२९ मा भएको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०७७/०७/०३ को निर्णयबाट माथि उल्लेखित बढुवा सूचना नं. तथा विज्ञापन नं. हरूमा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश वा सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ,’’ आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले असोज २८ गते प्रकाशित गरेको विज्ञपानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका वा लक्षण देखिएका परीक्षार्थीलाई परीक्षामा सहभागी नगराउने जनाएको थियो।
सर्वोच्च अदालतले असोज २९ मा अन्तरिम आदेश जारी गर्दै सबै परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको थियो। कोरोना संक्रमितका लागि छुट्टै व्यवस्था गरी परीक्षामा सहभागी हुनबाट बञ्चित नगराउन आदेशमा भनिएको थियो।