काठमाडौँ। अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका–१२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत झापाले २०७३ असार २१ गते मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
अदालतले सजाय सुनाएपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको हो।
झापा बिर्तामोड नगरपालिका–६ बस्ने पुरुषलाई २०७१ माघ १८ गते मेचेसमेतका व्यक्तिहरूले हतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेका थिए। सोही अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो। सो क्रममा १ जना प्रहरी कर्मचारी घाइतेसमेत भएको थियो।
उक्त घटनामा जिल्ला अदालत झापाले मेचेलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ।
" /> काठमाडौँ। अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका–१२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत झापाले २०७३ असार २१ गते मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।अदालतले सजाय सुनाएपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको हो।

">