हनोई, भियतनाम। जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुगेका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा उक्त सहमति भएको हो।
दुवै देशका उच्च अधिकारीबीच यस क्षेत्रमा चीनको विस्तारित प्रभावको सामना गर्न रक्षा र सुरक्षा सहयोग बढाउन सहमत भएका थिए।
सोमबार हनोईमा आयोजित शिखर वार्तापछि भियतनामका लागि आवश्यक रक्षा उपकरण र प्रविधि जापानले निर्यात गर्ने आधारभूत सम्झौतामा हस्ताक्षरसमेत भएको छ। जापानले हालका वर्षहरूमा दक्षिणपूर्वी एशियासँग सम्बन्ध बलियो बनाउन र आफ्नो प्रतिरक्षा उद्योगलाई सवल बनाउन यस्ता सम्झौताहरू गरिरहेको छ।
सुगाले आफ्नो चार दिने भियतनाम भ्रमण र त्यसलगत्तै इन्डोनेसियाको भ्रमणका क्रममा आफूले स्वतन्त्र एवं खुला हिन्द-प्रशान्त महासागरीय बहुपक्षीय आर्थिक तथा सुरक्षा सहयोगका लागि समर्थन जुटाउनेतर्फ केन्द्रित रहने बताए। उनले दक्षिण चीन सागरमा चीनको बढ्दो उपस्थितिका बारेमा पनि समीक्षा हुने स्पष्ट पारे।
“स्वतन्त्र र खुला हिन्द-प्रशान्त (इन्डो-प्यासिफिक) प्राप्त गर्ने हाम्रो दृष्टिकोण हासिल गर्न भियतनामको भूमिका निकै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री सुगाले भियतनामी प्रधानमन्त्री फूकसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, “जापान, एक इण्डो-प्यासिफिक राष्ट्रको रूपमा, यस क्षेत्रको शान्ति र स्थिरतामा निरन्तर योगदान दिनेछ।”
प्रधानमन्त्री सुगाले इन्डो-प्यासिफिकको केन्द्रका रुपमा रहेको भियतनाममा आफ्नो पहिलो विदेश भ्रमण गर्न पाएकामा खुसी व्यक्त गरे।
जापानले यसअघि पनि संयुक्तराज्य अमेरिका, बेलायत र मलेसियालगायत अन्य देशहरूसँग रक्षा उपकरण स्थानान्तरण सम्झौता गरिसकेको छ। भियतनाम १२ औं साझेदार मुलुक हो। जापानले पहिलो रक्षा उपकरण फिलिपिन्सलाई गत अगष्ट महिनामा उपलब्ध गराएको थियो जसमा जापानमा निर्मित राडार निगरानी प्रणाली रहेको थियो।
भियतनामलाई उपलब्ध गराउने सम्भावित रक्षा उपकरणका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन, तर प्रधानमन्त्री सुगाले सम्झौतालाई द्विपक्षीय रक्षा सहयोगका लागि “एक प्रमुख कदम” भनेका छन्।
जापानले सन् २०१४ मा सैन्य उपकरण र प्रविधि हस्तान्तरणमा आंशिक रूपमा प्रतिबन्ध हटाएको थियो। पूर्वप्रधानमन्त्री शिन्जो आबेले जापानको रक्षा क्षमता बढाउने प्रयास स्वरुप जापानी रक्षा सामान विदेश निर्यातमा रहेका प्रतिबन्धहरु हटाएका थिए।
सुगा र फुकले अन्य आर्थिक क्षेत्र र आतंकवाद विरोधी उपायहरुमा परस्पर सहयोग गर्न अन्य सम्झौताहरुमा हस्ताक्षर गरेका छन्। रासस/एपी
" /> हनोई, भियतनाम। जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ।प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुगेका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा उक्त सहमति भएको हो।

">