कैलाली। प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षकको हत्यामा संलग्नलाई कारवाही गर्न राष्ट्रिय युवा संघले माग गरेको छ।
संघका जिल्ला इन्चार्ज सुरज खाती र सहइन्चार्ज बाबुराजा श्रेष्ठले विज्ञप्ति जारी गर्दै असई हत्या प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने उल्लेख गरेका छन्। शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका-१० नेपाल-भारत सीमा स्थित मोहना नदीमा हत्या गरिएको अवस्थामा मृत भेटिएका थिए।
उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अझै अज्ञात छ।
" /> कैलाली। प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षकको हत्यामा संलग्नलाई कारवाही गर्न राष्ट्रिय युवा संघले माग गरेको छ।संघका जिल्ला इन्चार्ज सुरज खाती र सहइन्चार्ज बाबुराजा श्रेष्ठले विज्ञप्ति जारी गर्दै असई हत्या प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने उल्लेख गरेका छन्। शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका-१० नेपाल-भारत सीमा स्थित मोहना नदीमा हत्या गरिएको अवस्थामा मृत भेटिएका थिए।
उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अझै अज्ञात छ।
">