ललितपुर। काठमाडौं उपत्यकाका आदिवासी ब्राह्मणको संगठन राजोपाध्याय समाजमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
समाजले आज एक विज्ञप्ति जारी गर्दै समाजको सातौँ वार्षिक साधारणसभा र तेस्रो अधिवेसनले राजोपाध्याय समाजको अध्यक्षमा कलाकार सञ्जय शर्मा राजोपाध्यायलाई चयन गरेको बताएको छ। त्यस्तै, उक्त अधिवेसनले उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय, महासचिवमा पत्रकार बिराजकाजी राजोपाध्याय, सचिवमा वन्दना राजोपाध्याय, कोषाध्यक्षमा उद्धव आचार्य राजोपाध्याय र सहकोषाध्यक्षमा चेतनादेवी शर्मा राजोपाध्यायलाई निर्विरोध चयन गरेको छ।
त्यस्तै, कार्यसमितिका अन्य सदस्यहरूमा विजय शर्मा राजोपाध्याय, विरु सुवेदी राजोपाध्याय, सुजित राजोपाध्याय, श्रीमणिराज शर्मा, रक्षण राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय र गिरिश शर्मा राजोपाध्याय रहेका छन्। कार्यक्रम सीमित व्यक्ति एक ठाउँमा भेला भई सबैको भर्चुअल उपस्थितिमा गरिएको थियो।
निर्वाचित भएपछि अध्यक्ष सञ्जय शर्माले एकजुट बनाउँदै समाजको सर्वाङ्गीण विकासका लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले राजोपाध्याय शब्दले उपत्यकाको प्राचीन नेवाः देव ब्राह्मणलाई जनाउने भएकोले पहिचानस्वरूप थरसँगै राजोपाध्याय लेख्न जोड दिएका छन्। ब्राह्मण समुदायझैँ सुवेदी, रिमाल, आचार्यलगायत थर लेख्ने गरेता पनि राजाका गुरुपुरोहितका रूपमा राजोपाध्याय लेख्ने गरेको इतिहास पाइन्छ।
कार्यक्रममा मल्ल के सुन्दरले समाजमा भएका सीपलाई प्रयोग गर्दै आर्थिक उन्नतितर्फ लाग्नुपर्ने जनाएका छन्। कार्यक्रममा कोभिड-१९ को महामारीका दौरान अद्यापि जोखिममा अग्रपङ्क्तिमा रही बिरामीको उपचारमा खटेका समाजका चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानमा म्युजिक भिडिओ प्रदर्शन गरिएको छ। उक्त गीतमा अमराराज शर्मा राजोपाध्यायको रचना तथा सङ्गीत रहेको छ भने उनले रत्नशोभा महर्जनसँग गीतमा स्वर दिएका छन्।
कार्यक्रममा समाजबाट २०७६ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई भर्चुअल सम्मान पनि गरिएको थियो।
" /> ललितपुर। काठमाडौं उपत्यकाका आदिवासी ब्राह्मणको संगठन राजोपाध्याय समाजमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।समाजले आज एक विज्ञप्ति जारी गर्दै समाजको सातौँ वार्षिक साधारणसभा र तेस्रो अधिवेसनले राजोपाध्याय समाजको अध्यक्षमा कलाकार सञ्जय शर्मा राजोपाध्यायलाई चयन गरेको बताएको छ। त्यस्तै, उक्त अधिवेसनले उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय, महासचिवमा पत्रकार बिराजकाजी राजोपाध्याय, सचिवमा वन्दना राजोपाध्याय, कोषाध्यक्षमा उद्धव आचार्य राजोपाध्याय र सहकोषाध्यक्षमा चेतनादेवी शर्मा राजोपाध्यायलाई निर्विरोध चयन गरेको छ।

">