काठमाडौं। सोसल मिडियाको शक्तिबारे हामी सबै भलिभाँती परिचित छौं। यो मञ्चको उचित प्रयोग गर्न सक्दा कसैको जिन्दगी नै बदलिन सक्छ। यस्तै भयो ५१ वर्षीय एक पुरूषको जीवनमा पनि।
उनले ट्वीटरमा आफ्नो मनको कुरा लेखेका के थिए, मद्दतका लागि मानिसहरू ओइरिन थालिहाले। केहीबेरमै लाखौं मानिसले उनलाई म्यासेज पठाए।
यो कुरा हो, ५१ वर्षीय एडमन्ड ओलिरीको। उनी बेलायतको सुर्रेमा बस्छन्। विगत डेढ वर्षदेखि उनी बेरोजगार छन्। उनले आफ्नो खराब हालतबारे सोसल मिडियाको सहारा लिँदै ट्वीटरमा लेखेको थिए, ‘‘म ठीक छैन, निकै खराब महसुस गरिरहेको छु। यदि यो ट्वीटमा तपाईंहरूको ध्यान गयो भने कृपया केही सेकेन्ड निकाल्नोस् र हेलो भन्नोस्, धन्यवाद।’’
एक लाखभन्दा बढी मानिसले उनलाई मद्दत गर्नका लागि म्यासेज गरे। एक युजरले लेखे- हामी एकअर्कालाई चिन्दैनौं, तर म के जान्दछु भने, यतिखेर थुप्रै मानिस तपाईंले जस्तै महसुस गरिरहेका छन्।
ओलिरीले यस्तो म्यासेज लेखेको केहीबेरमै भाइरल भइहाल्यो। उनको ट्वीट दुई दिनमै १८ हजारभन्दा बढी पटक रिट्वीट भयो।
यतिमात्र होइन, एक लाखभन्दा बढी मानिसले उनलाई मद्दत गर्नका लागि म्यासेज गरे। एक युजरले लेखे- हामी एकअर्कालाई चिन्दैनौं, तर म के जान्दछु भने, यतिखेर थुप्रै मानिस तपाईंले जस्तै महसुस गरिरहेका छन्।
अर्का एक युजरले ओलिरीको हिम्मतको प्रशंसा गर्दै लेखे- तपाईंले यसरी खुलेर मनको कुरा बताउनुले अन्य मानिसलाई पनि हौसला मिल्ने छ।
ओलिरी कोरोना महामारीका कारण आफ्नो दिमागमा निकै नराम्रो असर पारेको बताउँछन्। यो असरबाट उनी बाहिर निस्कन चाहन्छन्। एजेन्सी
" /> काठमाडौं। सोसल मिडियाको शक्तिबारे हामी सबै भलिभाँती परिचित छौं। यो मञ्चको उचित प्रयोग गर्न सक्दा कसैको जिन्दगी नै बदलिन सक्छ। यस्तै भयो ५१ वर्षीय एक पुरूषको जीवनमा पनि।उनले ट्वीटरमा आफ्नो मनको कुरा लेखेका के थिए, मद्दतका लागि मानिसहरू ओइरिन थालिहाले। केहीबेरमै लाखौं मानिसले उनलाई म्यासेज पठाए।

">