काठमाडौं। ललितपुरको ललितपुर महानगरपालिका-२५ फूलबारी चोक डेरा गरी बस्ने निकेश तामाङको कोठाबाट धनमाल चोरी भएको छ।
दुई थान क्यामेरा, एक थान इसेर प्रोजेक्टर, दुई थान ल्यापटाप लगायतका सरसामान समेत गरी करिब तीन लाख २० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुका चोरी भएको प्रहरीले जनाएको छ।
यस्तै चितवनको भरतपुर महानगरपालिका-१० सिनर्जी चोकस्थित पुडासैनी सप्लायर्सबाट करिब आठ लाख ८८ हजार ४८५ रूपैयाँ बराबरको रङ आइतबार राति चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।