मोटरसाइकल चोरी गर्दैगर्दा दुईजना पक्राउ
<p>सुनसरी। इटहरी उपमहानगरपालिका-६ स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको को.२४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुईजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरुमा देवानगंज गाउँपालिका–३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेका छन्। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
