काठमाडौं। काठमाडौं महानगरपालिका-१६ बालाजुबाट ७५० ट्याब्लेट नाइट्राभेटसहित एकजनालाई प्रहरीले हिजो पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बालाजु बस्ने धनुषा मिथिला नगरपालिका-९ धारापानी घर भएका २३ वर्षीय सुरेश राई छन्।
सो स्थानमा लागुऔषध कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले जाँच गर्दा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा लागुऔषध बरामद गरिएको बताइएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरबाट २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित बैजनाथ गाउँपालिका-४ बस्ने २५ वर्षीय अम्मरबहादुर थापालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।
सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषधसहित फेला पारी थापालाई पक्राउ गरेको हो।
सिरहाको मिर्चैया नगरपालिका-१ मनहर्वाबाट करिब १०० किलो अवैध लागुऔषध गाँजासहित मिर्चैया नगरपालिका-१ बस्ने १९ वर्षीय सुन्दर कापर र सोही ठाउँ बस्ने २६ वर्षीय जितेन्द्र महतो पक्राउ परेका छन्।
प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले ना.५ त १४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी ट्याक्टर चालक कापर र सहचालक महतोलाई पक्राउ गरेको हो।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-१६ बालाजुबाट ७५० ट्याब्लेट नाइट्राभेटसहित एकजनालाई प्रहरीले हिजो पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं बालाजु बस्ने धनुषा मिथिला नगरपालिका-९ धारापानी घर भएका २३ वर्षीय सुरेश राई छन्।

">