काठमाडौं। निलम्बन फुकुवा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी आजदेखि सेवामा फर्किने भएका छन्।
प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखामा आज उपस्थित भएर जिसीले हाजिर गर्ने प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताए।
महाशाखामा हाजिर हुन डीएसपी जिसीले प्रहरी प्रधान कार्यालयकै कानुन महाशाखाबाट अदालतले सफाइ दिएको र गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको भन्ने व्यहोरा जनाइएको पत्र लानेछन्।
हाजिर भएपछि उनलाई तत्कालका लागि काजमा प्रहरी प्रधान कार्यालयमै राखिनेछ। “अहिले त काजमा हेडक्वार्टरमै राखिन सक्छ”, प्रवक्ता कडायतले भने, “पछि पोष्टिङ सीआईबीमै हुन सक्छ, अन्त पनि हुन सक्छ।”
उनी करिब २६ महीनापछि प्रहरी सेवामा फर्किन लागेका हुन्। उनी २०७५ भदौ ७ गते निलम्बनमा परेका थिए।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा सीआईबीबाट गएका जिसीलाई पनि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेको थियो। उनी नेतृत्वको टोली २०७५ साउन १३ गते कञ्चनपुर गएको थियो। निर्मलाको बलात्कारपछि हत्या भने त्यसको तीन अघि (२०७५ साउन १० गते) भएको थियो।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले २०७५ चैत १३ गते डीएसपी जिसीलाई यातनासम्बन्धी मुद्दामा पाँच लाख र प्रमाण नष्ट गरेको मुद्दामा चार लाख धरौटी माग गरेको थियो। अदालतबाट माग भएअनुसारको धरौटी बुझाएर उनी छुटेका थिए।
यद्यपि गत साउन १५ गते मुद्दाको फैसला हुँदा भने डीएसपी जिसीसहितका ८ जना प्रहरी अधिकारीहरूले सफाइ पाए।
सफाइ पाएसँगै डीएसपी जिसीले प्रहरी सेवामा पुनर्वहालीको माग गर्दै निवेदन दिएका थिए। र, गत बिहीबार गृह मन्त्रालयले उनको निलम्बन फुकुवा गरेको हो।
प्रहरीको उच्च अधिकृतको निलम्बन फुकुवा गृह मन्त्रालयले गर्ने गर्दछ। कनिष्ट अधिकृतहरूको भने प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मले फुकुवा गर्ने चलन छ।
यस्तै, निलम्बन फुकुवा भएका प्रहरी जवान चाँदनी साउद र प्रहरी नायव निरीक्षक रामसिंह धामी भने यसअघि नै प्रहरी सेवामा फर्किसकेका छन्।
उनीहरूले निलम्बन अवधिको तलब र भत्ता पनि पाउने भएका छन्।
यसैबीच निलम्बन अवधिमै प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी नायव निरीक्षक हरिसिंह धामी भने सेवा निवृत्त भएका छन्। उनीहरूले पेन्सन पट्टा बनाइसकेका छन्।
तर, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक लोकेन्द्र भट्टको भने निलम्बन फुकुवा भएको छैन। उनीहरू प्रहरी सेवाबाटै बर्खास्तीमा परेका थिए।
सरकारले सेवाबाटै बर्खास्त गरेपछि पुनरावलोकनका लागि एसपी विष्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुनरावेदन दिएका छन्। यद्यपि निर्णय भइसकेको छैन।
२०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
" /> काठमाडौं। निलम्बन फुकुवा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी आजदेखि सेवामा फर्किने भएका छन्।प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखामा आज उपस्थित भएर जिसीले हाजिर गर्ने प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताए।

">