पाेखरा। चालु आर्थिक वर्षको तीन महिनामा सवारीसाधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन्।
दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारीसाधन दुर्घटना नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारीसाधन दुर्घटना परेका छन्।
नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारीसाधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सातजनाले ज्यान गुमाएका जानकारी दिए।
कास्कीमा २२ वटा सवारीसाधन दुर्घटनामा ११, तनहुँमा १० वटा सवारीसाधन दुर्घटनामा चार, स्याङ्जामा ९ वटा सवारीसाधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार÷चारवटा सवारीसाधन दुर्घटनामा दुई/दुईजनाले ज्यान गुमाएका ढकालले बताए।
त्यस्तै, पर्वतमा दुईवटा सवारीसाधन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारीसाधन दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन्।
गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक/एकवटा सवारी साधन दुर्घटनामा परेका भए पनि कसैको ज्यान गएको छैन भने मनाङमा कुनै पनि सवारीसाधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ।
प्रदेशमा भएको सवारीसाधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप÷कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई/दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेका ढकालले बताए।
सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताए। रासस
" /> पाेखरा। चालु आर्थिक वर्षको तीन महिनामा सवारीसाधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन्।दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ।

">