काठमाडौं। कहिले हाफ पाइन्टमा त कहिले टाउजरमा। टेलिभिजन कार्यक्रममासमेत अन्तर्वार्तामा जाँदा चप्पल नै लगाएर जाने व्यक्ति भनेपछि महावीर पुनलाई सहजै बुझ्न सकिन्छ।
राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर नयाँ-नयाँ प्रविधिको आविष्कार गरिरहेका महावीर पुनले ३२ वर्षपछि दसैँमा नयाँ कपडा किनेका छन्। तर, जुत्ता भने ६ वर्ष पहिला किनेको नै लगाउने छन्।
आफ्नो गेटअपभन्दा पनि काममा व्यस्त रहने महावीरले यसपालीको दसैँका लागि नयाँ कोट पाइन्ट सिलाएका हुन्। त्यो पनि उनले आफ्नै रहरमा भने सिलाएका होइनन्।

साथीभाइ तथा आफन्तको करकापमा उनले नयाँकोट पाइन्ट सिलाएका हुन्। कोटपाइन्ट लगाइएको तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, “लौ हर्नुहोस, मैले नि यो वर्षको दसैँमा त नयाँ कपडा पायो बाई। सायद ३२ वर्षपछि मैले दसैँमा नयाँ कपडा पाएको होला। यो कपडा मलाई नै नापेर सिलाइदिएका हुन्। पुरानो जडौरी होइन।”
आफ्नो जीन्दगीमा दोस्रो नयाँ सुट सिलाएको भन्दै उनले लेखेका छन्, “मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो। जुत्ता चाहिँ ६ बर्ष पुरानो हो। धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस।”
उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन्। जुन कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गर्छन्। त्यसमा आएको कमेन्टमा पनि प्रतिक्रिया दिन कन्जुस्याइँ गर्दैनन्। केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी उनले फेसबुकबाटै सार्वजनिक गर्छन्।
त्यस्तै आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको नाम समेत फेसबुकमार्फत सार्वजनिक गर्छन्। यसैलाई निरन्तरता दिँदै महावीरले दसैँमा किनेको नयाँ सुट फेसबुकबाटै सार्वजनिक गरे।
पुनले २०४५ सालमा अमेरिका पढ्न जाँदा पहिलोपटक कोट लगाएका थिए। उनले नयाँ कोट पाइन्ट आफैंले किनेको वा अरू कसैले उपहार दिएको हो भन्नेबारे केही सार्वजनिक गरेका छैनन्।
“दसैँका बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला,” उनले भने, “केही महिनापछि मैले नै यसबारे बताउनेछु।”
महावीरले नयाँ कोट पाइन्टले दसैँ रमाइलो हुने भयो भन्दै आफैँमाथि व्यंग्य गरेका छन्। उनले भनेका छन्, “कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला !”
आविष्कार केन्द्रमा २४ घण्टा नै काम :
कोरोना महामारीको यो असहज परिस्थितमा आविश्कार केन्द्रमा २४सै घण्टा काम भइरहेको छ। दसैँमा पनि यो व्यस्तता जारी नै रहने उनले बताए। “यस्तो महामारीको समयमा हामी घरमा आराम गरेर बस्न सक्दैनौं। हाम्रा खोज अनुसन्धानकर्ताहरू दसैँको समयमा पनि २४ घण्टा नै खटिएर काम गर्नुहुन्छ”, पुनले भने।
कोभिड-१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरूको लागि चाहिने विभिन्न सामग्री दसैँको समयमा पनि उपलब्ध गराइने उनले जानकारी गराए। केन्द्रले महामारीलक्षित गरेर आविष्कार गरेका सामग्रीहरू निःशुल्क वितरण गर्दै आएको छ।
पुनका अनुसार महामारीविरूद्ध लड्न केन्द्रले अहिलेसम्म दुई दर्जन बढी स्वास्थ्य सामग्री बनाएको छ। पीपीई सेट, पीएपीआर मास्क, आइसोलेन हूड, डेथ बडी ब्याग, ड्रोन लगायतका सामग्री बनाएर केन्द्रले निःशुल्क रूपमा वितरण गर्दै आएको छ।
" /> काठमाडौं। कहिले हाफ पाइन्टमा त कहिले टाउजरमा। टेलिभिजन कार्यक्रममासमेत अन्तर्वार्तामा जाँदा चप्पल नै लगाएर जाने व्यक्ति भनेपछि महावीर पुनलाई सहजै बुझ्न सकिन्छ।राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर नयाँ-नयाँ प्रविधिको आविष्कार गरिरहेका महावीर पुनले ३२ वर्षपछि दसैँमा नयाँ कपडा किनेका छन्। तर, जुत्ता भने ६ वर्ष पहिला किनेको नै लगाउने छन्।

">