काठमाडौं। बलराम सापकोटा उमेरले ७२ वर्ष पुगे। उनको घर तनहुँ हो। यस्तो बेला उनी घरमा अभिभावक बनेर बसेको हुनुपथ्र्यो।
तर, अभिभावक त के बलात्कार जस्तो गम्भीर प्रकृतिको जघन्य अपराधको आरोपी भएका छन्। बुढ्यौली उमेरमा बलात्कारी आरोपित हुनु उनकै कर्मको फल हो।
यससँगै उनको बसाइ पनि प्रहरीको हिरासतमा भएको छ।
तनहुँ जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अरूण पौडेलले आइतबार बिहान २ बजेतिर सापकोटा पक्राउ परेको बताए।
उनीविरूद्ध तीन जना बालिकालाई पटक-पटक बलात्कार गरेको आरोप छ। ती बालिकाहरूको उमेर ९, ११ र १२ वर्ष हो।
उमेरले बुढ्यौली भए पनि अपराधिक मनोवृत्तिले ग्रसित वृद्ध प्रहरी अनुसन्धानमा छन्। प्रारम्भिक अनुसन्धानको क्रममा पैसा दिएर बालिकाहरूमाथि बलात्कार गर्ने गरेको खुलेको एसपी पौडेलले बताए।
पछिल्लो पटक दुई दिनअघि बालिकाहरूमाथि बलात्कार गरेको उनीमाथि आरोप छ। पीडित बालिकाहरूले अभिभावकलाई थाहा दिएपछि मात्रै घटना सार्वजनिक भएको हो।
“पैसा दिएर ललाइफकाइ गर्दै बलात्कार गर्ने गरेको खुल्न आएको छ,” एसपी पौडेलले देखापढीसँग भने, “एक पटक होइन, पटक-पटक बलात्कार गरेको आफन्तले बताएका छन् र हामीले अनुसन्धान गरिरहेका छौं।”

घटनाबारे प्रहरीले शनिबार थाहा पाएका थिए। लगत्तै पुर्कोट प्रहरी चौकीदेखि खटिएको प्रहरी टोलीले घरमा सुतिरहेका उनलाई आइतबार बिहान पक्राउ गरेको हो।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण गराइएको एसपी पौडेलले बताए। तर, रिपोर्ट आउन भने बाँकी छ।
यता, पक्राउ परेका सापकोटाविरूद्ध प्रहरीले आइतबार नै जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको छ।
कानुनतः १८ वर्षभन्दा कम उमेका महिला, किशोरी वा बालिकामाथि सहमतिमै शारीरिक सम्बन्ध राखिए पनि बलात्कार मानिन्छ।
मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद-१८ को करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, “कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ।”
उमेरको आधारमा तीनै जना बालिका भएकोले सापकोटामाथि कठोर सजाय हुने देखिन्छ। फेरि, तीन जनामध्ये एक जना उमेर १० वर्षभन्दा कम छ।
यसले गर्दा, संहिताको सोही दफाको उफदफा-३ (क) मा भएको व्यवस्था अनुसार आरोप प्रमाणित भएर दोषी ठहरिए सापकोटालाई जन्मकैद हुन सक्छ।
यससँगै, सोही उपदफाको-ख मा दश वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद सजायको प्रावधान छ।
बलात्कारका घटनामा अर्का एक जना किशोर पनि पक्राउ परेका छन्। प्रहरीले उनको भने पहिचान खुलाएको छैन।
उनलाई भने बालिकाहरूको संवेदनशील अंगहरू चलाइदिएको आरोप लागेको छ। उनी पनि प्रहरी हिरासतमा छन्।
" /> काठमाडौं। बलराम सापकोटा उमेरले ७२ वर्ष पुगे। उनको घर तनहुँ हो। यस्तो बेला उनी घरमा अभिभावक बनेर बसेको हुनुपथ्र्यो।तर, अभिभावक त के बलात्कार जस्तो गम्भीर प्रकृतिको जघन्य अपराधको आरोपी भएका छन्। बुढ्यौली उमेरमा बलात्कारी आरोपित हुनु उनकै कर्मको फल हो।

">