पोखरा। पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल-चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरे।
कुनमिङले २० हजार थान सर्जिकल मास्क, दुई हजार थान केएन ९५ मास्क, ७५० थान पीपीई र ४०० थान थर्ममिटर सहयोग गरेको छ।
पोखरा महानगरका प्रमुख जिसीले कोभिड-१९ को महामारीमा भगिनी सम्बन्ध रहेको सहरबाट प्राप्त सहयोग निकै महत्त्वपूर्ण हुने बताए।
कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो। कुनमिङले ३१ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताए।
भगिनी सम्बन्ध जोडिएका चीनका लिञ्जी र ग्वाङ्झाओबाटसमेत गत जेठमा एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो। कुनमिङसँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो। हालसम्म महानगरले १३ देशसँग मितेरी सम्बन्ध स्थापना गरेको छ। रासस
" /> पोखरा। पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ।नेपाल-चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरे।

">