एजेन्सी। पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताए अनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो। समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए।
उद्धारकर्मीहरूले सञ्चारमाध्यमलाई जनाएअनुसार आगलागी भवनको दोस्रो तल्लाका पसलहरूबाट सुरु भइ अन्य तलामा फैलिएको थियो।
उक्त तलामा ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानहरू राखिएको थियो। टोलीले भवनको छानामा सहयोगको लागि याचना गरिरहेका मानिसहरूलाई उद्धार गरिरहेको छ।
प्राप्त जानकारी अनुसार करीब ६० अग्नि नियन्त्रकले स्थानीयको सहयोगमा उद्धारका लागि खटिरहेका र थप टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ।
पसलमा विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। ल्यापटप र मोबाइल फोनलगायतका इलेक्ट्रोनिक उपकरणहरू जल्दा आगो तीव्रत फैलिएको थियो।
" /> एजेन्सी। पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताए अनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो। समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए।

">