काठमाडौं। हिन्दू धर्मावलम्बीहरूको महान चाड दसैं सुरू भएको छ। अघिल्ला वर्षहरूको ‘ट्रेन्ड’ लाई हेर्ने हो भने यसबेला चोरीका अधिक घटना हुने गर्छन्।
चोरी कार्यमा संलग्नहरूले चोर्नका लागि यस बेलालाई सर्वोत्तम अवसर ठान्ने गर्दछन्। मानिसहरूले एकातिर चाडवाड मनाउन खर्च जुटाउने र अर्कोतिर टीका लगाउन घर छोडेर टाढासम्म जाने हुँदा चोरी कार्यमा संलग्नहरूका लागि राम्रो मौका हुने गर्दछ।
नेपाल प्रहरीमा लामो समय चोरी घटनाको अनुसन्धानमा अनुभव हासिल गरेका पूर्वप्रहरी उपरीक्षक (एसपी) रामलगन यादव यस्तो बेला घरधनीहरूले विशेष सावधानी अपनाउनुपर्ने बताउँछन्।
उनका अनुसार धनमाल र नगद चोरको पहुँज नपुग्ने ठाउँमा राख्नुपर्छ। घरमा ‘अलर्ट’ गर्ने खालको ‘अलार्म’ राख्नेसँगै घरको वरिपरि उज्यालो पार्न बत्ती राख्नुपर्छ।
यतिमात्रै हुँदा पनि चोरीका घटना हुने सम्भावना न्यून हुन्छ। अझ घर आसपास झाडी भए सफा गर्ने, घर छाडेर केही दिन अन्तै जानुपर्ने अवस्था आए नजिकको प्रहरीलाई जानकारी दिर्ने र क्षणिक समय भए पनि घरदेखि निस्किनुपर्ने भए छिमेकीलाई घरमा नौलो मान्छे आए सोधपुछ गर्नु भन्नुपर्छ।
उनले कवाडी संकलन गर्नेहरूबाट चोरीका घटना बढी हुने र उनीहरूप्रति ध्यान दिइनुपर्ने बताए।
फेरि, चोरी गर्ने मनशाय भएको मान्छे घर आसपास आएर क्यारामबोर्ड वा अरू केही खेल खेलेर अल्मलिने भएकाले सचेतता अपनाउने कार्य गर्नु उनको सुझाव छ।
यादवले व्यावसायिक रूपमा चोरी कार्यमा संलग्नहरूले कार्यविधिअनुसार चोरी गर्ने गरेको पनि खुलासा गरे। “कुनै चोरको कार्यविधि झ्यालबाट छिरेर चोर्ने छ भने त्यसै गर्छन्,” उनले देखापढीसँग भने, “र, ढोका खुल्ला नै भए पनि झ्यालदेखि छिरेर चोर्ने बानीका चोर ढोकादेखि छिर्दैनन्।”
यसवर्ष कोरोना भाइरसको महामारीले थुप्रै मानिसहरूले रोजगारी गुमाएको र मजदुरी गरी खाने वर्गलाई बाँच्नै समस्या पैदा हुँदा चोरीका घटना अघिल्ला वर्षहरूको दसैंमा भन्दा अधिक हुनसक्ने अनुमान सुरक्षा अधिकारीहरूको छ।
यससँगै अधिकांश चोरले घरभित्र छिरेपछि खाना भए मजाले खाने र दिसापिसाब गरिदिने गर्दछन्। चोर्ने बेला ‘सेन्ट्री’ पनि राख्छन्। जसले यताउता हेर्ने र कोड (उनीहरूले मात्रै बुझ्ने) भाषामा जानकारी दिने गर्छन्।
फेरि, उनीहरूले चोरी गर्दा पनि बजारमा बिक्री हुने खालका सामान मात्रै चोर्छन्। अरू सामान भने चोर्दैनन्। जुन सामान बजार पुर्याएपछि तत्काल पैसा साटिनुपर्यो। यसले गर्दा नगदसँगै गरगहना नै चोरको पहिलो रोजाइ हुने पूर्वएसपी यादवको भनाइ छ।
पेसागत स्थितिको आधारमा विश्लेषण गर्दा चोरी कार्यमा संलग्नहरू पेन्टर बढी हुने गरेको उनको दाबी छ। पेन्टरपछि लागूऔषध प्रयोगकर्ता र गरिब मानिसहरू चोरी कार्यमा संलग्न हुने गरेको यादव बताउँछन्।

बाँच्नकै लागि चोरी गर्नुपर्ने बाध्यात्मक स्थितिमा मानिसहरू पुगेको उनीहरू बताउँछन्।
तर, प्रहरी प्रधान कार्यालय नक्सालले सम्भावित चोरी, डकैती, लुटपाटसँगै अनेकन खालका अपराधिक गतिविधि नियन्त्रणका लागि भन्दै देशभर ४८ हजार ८३० जना प्रहरीलाई परिचालन गरेको छ।
‘सुरक्षा योजना’ तयार गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमार्फत सात हजार ९२२ जना, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमार्फत सात हजार ८२५ जना र महानगरीयय प्रहरी कार्यालय रानीपोखरीमार्फत सात हजार ५५० जना प्रहरी परिचालन गरेको छ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरमार्फत सात हजार ३१० जना र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामार्फत पाँच हजार ३०३ जना, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालयलमार्फत पाँच हजार ५० जना, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामार्फत चार हजार १५३ जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमार्फत तीन हजार ७१७ जना प्रहरी परिचालन गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन्।
" /> काठमाडौं। हिन्दू धर्मावलम्बीहरूको महान चाड दसैं सुरू भएको छ। अघिल्ला वर्षहरूको ‘ट्रेन्ड’ लाई हेर्ने हो भने यसबेला चोरीका अधिक घटना हुने गर्छन्।चोरी कार्यमा संलग्नहरूले चोर्नका लागि यस बेलालाई सर्वोत्तम अवसर ठान्ने गर्दछन्। मानिसहरूले एकातिर चाडवाड मनाउन खर्च जुटाउने र अर्कोतिर टीका लगाउन घर छोडेर टाढासम्म जाने हुँदा चोरी कार्यमा संलग्नहरूका लागि राम्रो मौका हुने गर्दछ।

">