सामाखुसी चोकमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ सामाखुसी चोकमा ना ६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट एक पैदलयात्रीको आज दिउँसो मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा पंचगाक्षी गाउँपालिका-४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया छन्।

ठक्करबाट गम्भीर घाइते भएका अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।