कैलाली। प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएको छ।
आज बिहान धनगढी उपमहानगरपालिका-१० को मोहना नदी क्षेत्रमा असई विकको शव फेला परेको थियो। सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विगत देखिनै त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ गरिएकाको नाम प्रहरीले गोप्य राखेको छ।
सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भैरहेको बताए। साथै प्रहरी त्यही क्षेत्रबाट १ थान हतियार र आधा दर्जन मोबाइल समेत बरामद गरेको बताइएको छ।
" /> कैलाली। प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएको छ।आज बिहान धनगढी उपमहानगरपालिका-१० को मोहना नदी क्षेत्रमा असई विकको शव फेला परेको थियो। सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

">