तीन जना मृत अवस्थामा फेला
<p>काठमाडौं। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-७ चापेटोल बस्ने ६० वर्षीया कुल माया बस्नेत घरबाट अरिब १० मिटर टाढा आफ्नै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छन्।</p>
<p>चितवनको भरतपुर महानगरपालिका-१७ गाजीपुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। </p>
<p>प्युठानको स्वर्गद्वारी नगरपालिका-५ नौबिसेस्थित माडिखोलाको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।</p>
<p>घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
