काठमाडौं। बागलुङको बडिगाड गाउँपालिका-७ स्थित भिमगिठ्ठे खोलाले बगाउँदा सोही स्थान बस्ने अनुज केसीको ७ वर्षीय छोरा अनुप केसीको शनिबार दिउँसो मृत्यु भएको छ।
पौडी खेल्न गएका उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी सुरु गरेको थियो।
खोज्ने क्रममा घटनास्थलबाट २ किलोमिटर टाढा बगिरहेको अवस्थामा उनलाई उद्धार गरी बडिगाड पोलिक्लिनिक पठाएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ मुर्गिबेशी बस्ने लोक बहादुर विकको छोरा १६ वर्षीय पवन बिकको सुनकोशी नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ।
घरबाट हिँडेकोमा अबेरसम्म नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ग्वालटारबाट खटिएको प्रहरीले उक्त खोलाबाट उद्धार गरी उपचारको लागि सुनकोशी सामुदायिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
झापाको शिवसताक्षी नगरपालिका–७ धौले चौकस्थित माछा पोखरीमा डुबेर सोही स्थान बस्ने गणेश लिम्बुको २ वर्षीय छोरा मुकुन्द लिम्बुको शनिबार साँझ मृत्यु भएको छ।
डुबेर असक्त भएका उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। बागलुङको बडिगाड गाउँपालिका-७ स्थित भिमगिठ्ठे खोलाले बगाउँदा सोही स्थान बस्ने अनुज केसीको ७ वर्षीय छोरा अनुप केसीको शनिबार दिउँसो मृत्यु भएको छ।पौडी खेल्न गएका उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी सुरु गरेको थियो।

">