काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवास्थित सडकबाट ५० ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित २ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने १९ वर्षीय निरज शर्मा र सोही ठाउँ बस्ने २७ बर्षीय भरत शर्मा छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका-८ भेडावारीस्थित पुलमुनिबाट १२० मिलिग्राम लागुऔषध ब्राउनसुगरजस्तो देखिने धुलोसहित सोही ठाउँ भेडावारी बस्ने २६ वर्षीय रत्न परियार पक्राउ परेका छन्।
शंकास्पद अवस्थामा बसिरहेका उनलाई इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरिएको हो।
त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जाबाट नियन्त्रित लागुऔषध एक हजार ५०० ट्याब्लेट नाईट्राभेट, ८२५ पिस डाइजेपाम, ९२६ एम्पुल नुर्फिन र ८६ पिस फेनारगन ईन्जेक्सनसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरू रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३१ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २९ वर्षीय राम अयोध्या राम छन्। प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको टोलीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ६८१७ नम्बरको सुमो गाडीमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त लागुऔषध बरामद गरेको हो।
कास्कीको पोखरा महानगरपालिका-२६ विजयपुरबाट नियन्त्रित लागुऔषध ६० एम्पुल डाईजेपाम, ६० एम्पुल फेनारगन र ६० एम्पुल नुर्फिन सहित सोही ठाउँ बस्ने पोखरा महानगरपालिका-२४ घर भएका २९ वर्षीय प्रभात सुवेदीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय हंशपुर सिसुवाबाट खटिएको टोलीले उक्त लागुऔषध फेला पारी सुवेदीलाई पक्राउ गरेको हो।
घटनाहरुको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवास्थित सडकबाट ५० ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित २ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

">