काठमाडौं। मकवानपुर भिमफेदी नगरपालिका–८ का ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या गरेको आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी ननगरपालिका-८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका  ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू ११ वर्षअघि ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्थे। उनीहरू सोही इँटा भट्टामा काम गर्दा योञ्जनको हत्या भएको थियो।

प्रहरीका अनुसार उनीहरूले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको बिँडले हानी घाइते बनाएका थिए।

घाइते योञ्जनको उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो।

उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५, जमुनहामा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ। घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरू ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्ली पुगेका थिए।

नयाँदिल्लीमा उनीहरुले आफ्नो वास्तविक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाएका थिए। रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ।

" /> काठमाडौं। मकवानपुर भिमफेदी नगरपालिका–८ का ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या गरेको आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी ननगरपालिका-८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका  ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू ११ वर्षअघि ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्थे। उनीहरू सोही इँटा भट्टामा काम गर्दा योञ्जनको हत्या भएको थियो।

प्रहरीका अनुसार उनीहरूले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको बिँडले हानी घाइते बनाएका थिए।

घाइते योञ्जनको उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो।

उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५, जमुनहामा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ। घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरू ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्ली पुगेका थिए।

नयाँदिल्लीमा उनीहरुले आफ्नो वास्तविक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाएका थिए। रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ।

"> ललितपुरमा ११ वर्षअघि आफ्नै साथीको हत्या गरी फरार दुईजना पक्राउ : Dekhapadhi
ललितपुरमा ११ वर्षअघि आफ्नै साथीको हत्या गरी फरार दुईजना पक्राउ
काठमाडौं। मकवानपुर भिमफेदी नगरपालिका–८ का ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या गरेको आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी ननगरपालिका-८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका  ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू ११ वर्षअघि ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्थे। उनीहरू सोही इँटा भट्टामा काम गर्दा योञ्जनको हत्या भएको थियो।

प्रहरीका अनुसार उनीहरूले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको बिँडले हानी घाइते बनाएका थिए।

घाइते योञ्जनको उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो।

उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५, जमुनहामा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ। घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरू ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्ली पुगेका थिए।

नयाँदिल्लीमा उनीहरुले आफ्नो वास्तविक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाएका थिए। रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्