भक्तपुर।। जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।
कोरोना संक्रमितहरूको जोखिम बढेकोले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत जोखिम भएकोले यो निर्णय गरिएको उनले बताइन्।
जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस