सप्तरी। लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित तिलाठी कोइलाडी गाउँपालिका-७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरु काका र ठूलोबुवाका छोराहरू हुन्।
स. ७ प १८६५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा पछाडि सवार भरतको साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हेरोइन बरामद गरिएको बताइएको छ।
उनीहरूले भारतबाट खैरौ हेरोइन लिएर आएको स्वीकारेका छन्। दाजुभाइविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ। रासस
" /> सप्तरी। लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित तिलाठी कोइलाडी गाउँपालिका-७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरु काका र ठूलोबुवाका छोराहरू हुन्।

">