काठमाडौं। नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले महान चाड दसैँको अवसरमा नेपालीहरूलाई शुभकामना दिंदै कोभिडका कारण आवश्यक सावधानी अपनाउन आग्रह गरेकी छन्।
दूतावासको आधिकारिक ट्वीटर ह्याण्डलबाट उनले भिडियो सन्देश दिएकी हुन्। भिडियोमा उनले नेपाली भाषामा दसैंको शुभकामना दिएकी छन्।
“यो वर्ष गएको वर्षहरूभन्दा निकै फरक भयो। विश्वभर र नेपालमा हामी मध्ये धेरैले परिवार र साथीभाइलाई कोभिडको कारण गुमायौं,” राजदूत पोलिटले नेपालीमै भनेकी छन्, “त्यसैले यो वर्षको दसैँ मनाउँदा कोभिडसँग लड्न सावधानी अपनाऔं।”
भिडियो सन्देशमा उनले सामाजिक दूरी कायम राख्न, हात धुन र मास्क लगाउन आग्रह गरेकी छन्। सामाजिक दूरी, हात धुने र मास्क लगाउने कार्य आफूले मात्र होइन अरूलाई पनि त्यसै गर्न लगाउन आग्रह गर्नुपर्ने उनले बताएकी छन्।
“नेपालीको महान चाड दसैँको लागि बेलायत सरकारको तर्फबाट सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई धेरैधेरै शुभकामना,’ भिडियो सन्देशको अन्तमा उनले भनेकी छन्।
बेलायत सरकारको तर्फ बाट सबै नेपालीलाइ दशैंको शुभ कामना |
— UK in Nepal ???? (@UKinNepal) October 18, 2020
.
?
.#UKinNepal #Nepal #Dashain #COVID19 #StaySafe ? pic.twitter.com/Tj0Z3qQ48B
" /> काठमाडौं। नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले महान चाड दसैँको अवसरमा नेपालीहरूलाई शुभकामना दिंदै कोभिडका कारण आवश्यक सावधानी अपनाउन आग्रह गरेकी छन्।

">