काठमाडौं । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका-१४ भदौरे भीरमा स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमायाँ सार्की, २७ वर्षीय कर्मे भनिने कर्णबहादुर सार्की र ३० वर्षीय महेशबहादुर विक छन्।
महेश विक उदयपुरको कटारी नगरपालिका-८ शिरिसेका हुन्। अन्य चारजना ओखलढुंगा मानेभञ्ज्याङ-९ माधवपुर घर भएका छन्।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा. २० च ७१७१ नम्बरको स्कारपिओ गएराति १२ बजेतिर दुर्घटना भएको थियो।
एसपी दाहालका अनुसार स्कारपिओ ब्रेक फेल भएर करिब ९०० मिटर तल खसेको थियो।
दुर्घटनामा चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का, अन्य यात्रु मानेभञ्ज्याङकै १८ वर्षीया कल्पना सार्की र ३१ वर्षीया कुमारी सार्की घाइते भएका छन्।
घाइतेमध्ये चालक खड्का र सवार कल्पनालाई थप उपचारको लागि विराटनगर पठाइएको र कुमारीको कटारी अस्पतालमा उपचार भइरहेको छ।
भारतको लद्दाखमा रोजगारी गरेर फर्किएका उनीहरू भैरहवास्थित होल्डिङ सेन्टरमा बसेर दसैँ मनाउन घर फर्किएका प्रहरीले बताएको छ।
" /> काठमाडौं । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका-१४ भदौरे भीरमा स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमायाँ सार्की, २७ वर्षीय कर्मे भनिने कर्णबहादुर सार्की र ३० वर्षीय महेशबहादुर विक छन्।

">