कैलाली। भारतमा बस दुर्घटना हुँदा कञ्चनपुरका दुईजनाको मृत्यु भएको छ।
भारतको पिलिभितबाट घर फर्किने क्रममा बोलेरोसँग बस ठोक्किदा कञ्चनपुरका एक दम्पतीको मृत्यु भएको हो।
दुर्घटनामा भीमदत्त नगरपालिका ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
दुर्घटनामा १७ वर्षीय छोरा आनन्द गुरुङ सामान्य घाइते भएका छन्। दुईजनाको शव हिजो कञ्चनपुर ल्याइएको छ।
" /> कैलाली। भारतमा बस दुर्घटना हुँदा कञ्चनपुरका दुईजनाको मृत्यु भएको छ।भारतको पिलिभितबाट घर फर्किने क्रममा बोलेरोसँग बस ठोक्किदा कञ्चनपुरका एक दम्पतीको मृत्यु भएको हो।

">