काठमाडौं। मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न नेपाली सेनाले पृतनापति सम्मेलन गर्दैछ।
भर्चुअल माध्यमबाट सम्मेलन हुने छ। तीन दिनसम्म हुने सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो पृतनाबाट भएका उपलब्धि, चुनौती र समाधानका लागि चाल्न आवश्यक कदमबारे प्रस्तुति राख्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
सेनाले ६/६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएकाे छ।
हाल सेनाको पूर्वी पृतनामा कायममुकायम पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्यपृतनापति ताराध्वज पाण्डे र उपत्यका पृतनापति आनन्दकुमार अधिकारी छन्।
पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा छन्।
" /> काठमाडौं। मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न नेपाली सेनाले पृतनापति सम्मेलन गर्दैछ।भर्चुअल माध्यमबाट सम्मेलन हुने छ। तीन दिनसम्म हुने सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो पृतनाबाट भएका उपलब्धि, चुनौती र समाधानका लागि चाल्न आवश्यक कदमबारे प्रस्तुति राख्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

">