वेलिङटन। न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ। खसेको मतको करिब ९८ प्रतिशत मतगणना सकिँदासम्ममा लेबर पार्टीले ४९ प्रतिशतसहित १२० सदस्य सङ्ख्यामा ६४ सिटमा विजय हासिल गरेको छ भने विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मतसहित ३५ सिटमा विजय हासिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा आफ्नो दलको विजय भएपछि प्रतिक्रिया दिँदै आफ्ना शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्। उनले मतदाताको अपेक्षा र आफ्नो दलको घोषणापत्रअनुसार भोलिदेखि नै नयाँ कामको सुरुवात गर्ने बताए।
त्यसै गरी, नेशनल पार्टीका नेता जुडिथ कोलिन्सले आफ्नो दलको पराजय स्वीकार गरेका छन्। उनले आफ्नो दलले विपक्षी पार्टीको रूपमा सशक्त प्रतिपक्षीका रूपमा सरकारलाई राम्रो कामका लागि दवाब दिने बताएका छन्। कोलिन्सले आफ्नो दलले पराजयबाट शिक्षा लिँदै थप सशक्त, अनुशासित र जनतासँग थप जोडिएर काम गर्ने बताए।
न्यूजिल्याण्डवासीले शनिबार सम्पन्न आम निर्वाचन तथा जनमतसङ्ग्रहका लागि मतदान गरेका हुन्। निर्वाचन अकल्याण्डमा देखिएको कोभिड–१९ सङ्क्रमणको कारण एक महिना ढिलो गरी सम्पन्न भएको छ।
इच्छामरण र गाँजा खेतीबारे जनमतसङग्रहको प्रारम्भिक नतिजा अक्टोबर ३० र अन्तिम नतिजा नोभेम्बर ६ मा सार्वजनिक हुने आयोगले जनाएको छ।
रासस/सिन्ह्वा
" /> वेलिङटन। न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ। खसेको मतको करिब ९८ प्रतिशत मतगणना सकिँदासम्ममा लेबर पार्टीले ४९ प्रतिशतसहित १२० सदस्य सङ्ख्यामा ६४ सिटमा विजय हासिल गरेको छ भने विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मतसहित ३५ सिटमा विजय हासिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।

">