गोरखा। ऐतिहासिक कालिका मन्दिरमा रहेको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ।
बिहान ११ बजेर ४६ मिनेट जौको जमरा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।
परम्परा अनुसार बिहान सबेरै मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा विजयादशमीको घटस्थापना गरिएको हो।
यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि विनासकारी भूकम्पले मूल दरबारमा पूर्णक्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको छ।
घटस्थापनाका बिहान गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम बढी रहेका गोरखा जिल्लाभित्रका सबै शक्तिपीठमा नित्य पूजाबाहेक सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाइएको छ। रासस