लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ उदयपुरुवा बस्ने १८ वर्षीय किशोर चार ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

उनको पहिचान प्रहरीले खुलाएको छैन।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बाट ४४ ग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-४ बस्ने २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका-१ फटैया बस्ने २८ वर्षीय रमेश रावत, सोही नगरपालिका मटैया बस्ने २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाही रहेका छन्।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले से ३ प ८१८४ नम्बर र से १ प ८५३९ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्