कोलम्बो। भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ।
श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेशमन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमति कार्यान्वयनका बारेमा कुराकानी गरेका हुन्।
उनीहरुका बीचमा विशेष गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतीका विषयमा छलफल भएको थियो।
“श्रीलङ्का लागि भारतीय उच्च आयुक्तले श्रीलङ्काका विदेश मन्त्रीलाई आज भेट्नुभएको छ, उहाँहरु बीचको छलफल उपलब्धीमुलक भएको छ,” भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ।
भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलङ्काका ऊर्जामन्त्री उदय गम्मान्पीलासँग ऊर्जा सुरक्षा प्रवर्द्धनका बारेमा छलफल गरेका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो।
बैठकमा एक अर्काका बीचमा सहयोग आदानप्रदान, सहकार्य र आपसी सम्बन्ध सुधारलगायतका विषयमा सहमति भएको थियो। रासस/एएनआई
" /> कोलम्बो। भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ।श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेशमन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमति कार्यान्वयनका बारेमा कुराकानी गरेका हुन्।

">