२५ पटक चक्कु प्रहार गरेपछि महिलाले प्रहरीलाई फोन गरेर भनिन्- मैले बलात्कारीलाई मारेँ
मुम्बई। मध्यप्रदेशमा एक महिलाले आफूमाथि भइरहेको दुष्कर्म र ब्ल्याकमेलबाट दिक्क भएर एक युवकको हत्या गरेकी छन्। ती महिला आफूमाथि ती युवकले गरेको दुष्कर्मदेखि यति दिक्क भएकी थिइन कि, उनले  युवकमाथि २५ पटक चक्कु प्रहार गरिन्।
यो घटना मध्यप्रदेशको गुना शहरको हो। महिलाले बताएअनुसार २००५ देखि उनीमाथि लगातार दुष्कर्म गरिरहेको आरोप लगाएकी थिइन्। त्यसबेला उनी नाबालिक नै थिइन्।
प्रहरीको अनुसन्धानबाट हत्या भएका युवकको नाम बृजभूषण शर्मा भएको खुलेको आजतकले लेखेको छ। उनी अशोकनगर जिल्लामा बसुदै आएका थिए। आरोपी महिला पनि अशोकनगर कै हुन्।
महिलाले बताएअनुसार १६ वर्षकी हुँदा नै बृजभूषणले उनीसँग शारीरिक सम्बन्ध बनाएका थिए। त्यसपछि ती युवकले धेरै पटक डराएर धम्काएर उनीमाथि जबरजस्ती गरेका थिए। त्यसपछि बृजभूषणबाट छुट्कारा पाउन महिलाले एक शिक्षकसँग विवाह गरेकी थिइन्।
विवाह भएर एक छोरी जन्माइसक्दा पनि बृजभूषणले उनलाई पछ्याउन छोडेनन्। हत्या भएको दिन ती महिला घरमा एक्लै भएको बेला रक्सी खाएर बृजभूषण आएका थिए। त्यसपछि उनलाई फेरि जबरजस्ती गरेका थिए।
तर, यसपटक महिलाको धैर्यताको बाँध फुट्यो। र, उनले युवकमाथि चक्कु प्रहार गरिन्। त्यतिबेला सम्म प्रहार गरिन्, जबसम्म युवकको मृत्यु भएन।
युवकको मृत्यु भइसकेपछि ती महिला आफैँले प्रहरीलाई फोन गरेर आफ्नो अपराध स्वीकार गरिन्। महिलाले फोन गरेपछि प्रहरी उनको घरमा पुग्दा बृजभूषणको मृत शरिर नग्न अवस्थामा भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्