आज सामान्यतया मौसम सफा रहने
काठमाडौं। आज सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहने छ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।

त्यस्तै गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

वभिागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्