कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा अराजक तत्त्व हाबी हुन थालेको बताएका छन्।
६५औँ प्रहरीको दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरीले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले समाजमा महिलामाथि हुने हिंसा, साइबर क्राइमलगायत अराजक गतिविधि बढेको बताए। उनले यस्ता अवान्छित गतिविधि रोक्न प्रहरी सजक हुन जरुरी रहेको बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले पर्याप्त जनशक्ति र प्रविधि नहुँदा अनुसन्धान गर्न समस्या भइरहेको बताए। उनले प्रदेश सरकारले प्रविधि र क्षमता अभिवृद्धिमा ध्यान दिए प्रहरी अपराध नियन्त्रणमा अझै सक्षम हुने बताए।
प्रहरी दिवसकै अवसर पारेर विभिन्न दर्जाका प्रहरी, अमर प्रहरी परिवार र स्थानीय तहलाई सम्मान गरिएको थियो।