कैलाली। विभिन्न संघ संस्थाले पत्रकार निर्मला पहराई मृत्यु प्रकरणका दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। धनगढीमा आज संयुक्त पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले पहराईकाे परिवारलाई न्याय दिन माग गरेका हुन्।
पहाराईको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिपाेर्टसमेत गलत भएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज दिउँसो २ बजेदेखि पूर्वपश्चिम राजमार्गसहित कैलालीका सबै क्षेत्रमा अनिश्चितकालका लागि यातायात बन्द गर्ने, सुखडमा र्यालीसहित प्रदर्शन गर्ने, टायर बाल्ने तथा अनिश्चितकालीन चक्काजाम गर्ने कार्यक्रम तय भएको मिशन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडीले बताए।
गत ३१ भदौमा घरबाट हराएकी पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका-५ को सामुदायिक वनमा मृत अवस्था फेला परेकी थिइन्। रेडियो कैलालीमा कार्यरत पहराईको प्रेम सम्बन्धकै कारण हत्या भएको भन्दै परिवारले कर्तव्य ज्यान मुद्दा दायर गरेकाे थियाे।
" /> कैलाली। विभिन्न संघ संस्थाले पत्रकार निर्मला पहराई मृत्यु प्रकरणका दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। धनगढीमा आज संयुक्त पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले पहराईकाे परिवारलाई न्याय दिन माग गरेका हुन्।पहाराईको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिपाेर्टसमेत गलत भएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए।

">