काठमाडौँ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारीबीच पनि अब सरकारले जनताको विकासको चाहनालाई तीव्रता दिने बताएका छन्। सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधिमैत्री बनाउन लागिपरेको भन्दै राज्य मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा विशेष ध्यान दिने बताएका छन्।
काठमाडौंको सोह्रखुट्टेस्थित फलफुल चोकमा खाना पकाउने ग्यास सिलिन्डर विष्फोटमा घाइते भएकाहरूलाई भेट्न र क्षतिग्रस्त घरको अनुगमनमा पुगी राज्य मन्त्री मानन्धरले जनताको दुःखमा सरकारको साथ र सहयोग रहने बताएका हुन्। उनले जनताको जीवनरक्षाका लागि सरकारले प्रयास गरिरहेको पनि बताएका छन्। जनताको दुःखपीडामा सरकार सधैँ साथ रहेको बताउँदै राज्य मन्त्री मानन्धरले जनताको जीवनस्तर सुधारका लागि विभिन्न योजना रहेको बताए।
खाना पकाउने ग्यासलगायतका प्रज्ज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भए पनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढिरहेको बताउँदै राज्य मन्त्री मानन्धरले सावधानी अपनाउन आग्रह गरेका छन्। सहरी क्षेत्रका घना वस्ती भएका क्षेत्रमा भान्सामा सावधानी अपनाउन नसकिए ठूलो दुर्घटना हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने राज्य मन्त्री मानन्धरले बताए।
उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ भने राज्य मन्त्री मानन्धरले पनि आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन्। हिजो भएको घटनामा खाना पकाउने ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने घर तथा कम्पाउण्डमा पूर्ण क्षति भएको थियो।