राजविराज। हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका-११, बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।
हाकिम स८प ८४८१ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिए उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन्।
त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नम्बरको मोटरसाइकलका चालक हुन्
उक्त मोटरसाइकलमा पछाडि सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छन्। घाइतेको उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस
" /> राजविराज। हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका-११, बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

">