वीरगञ्ज। भन्सार छलेर भारतबाट अवैधरूपमा भित्र्याइएको जुत्तासहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
भन्सार छली सामानहरू चोरी-पैठारी भइरहेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-२० हरपतगंजबाट चार बोरा जुत्तासहित राजेश सहनी र सिकिन्द्र सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ना. १६ प ७४०५ नम्बरको मोटरसाइकल र साइकल चेकजाँचको क्रममा करिब एक लाख ७६ हजार १०० बराबरको जुत्ता बरामद गरिएको हो।
बरामद गरिएका जुत्तासहित पक्राउ परेका दुवैजनालाई थप कारवाही तथा अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
" /> वीरगञ्ज। भन्सार छलेर भारतबाट अवैधरूपमा भित्र्याइएको जुत्तासहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।भन्सार छली सामानहरू चोरी-पैठारी भइरहेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-२० हरपतगंजबाट चार बोरा जुत्तासहित राजेश सहनी र सिकिन्द्र सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">