पर्सामा ५ क्विन्टल अवैध अलैँची बरामद
<p style="text-align: justify;">वीरगञ्‍ज। प्रहरीले पर्सामा ५ क्विन्टल अवैध अलैँची बरामद गरेको छ। </p>
<p style="text-align: justify;">बसपार्क सुरक्षार्थ खटिएको टोलीले नियमित चेकजाँचको क्रममा वीरगञ्‍ज महानगरपालिका-१५ बाईपास रोडबाट करिब साढे १२ लाखको अलैँची बरामद गरेको हो। </p>
<p style="text-align: justify;">बरामद गरिएको अलैँचीको थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
